काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा माल्दिभ्सलाई पराजित गर्दै साविक विजेता भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा भारतले माल्दिभ्सलाई ९-० गोलअन्तरले हराएको हो । समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जित हो ।
भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । सोही समूहबाट बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ । यस समूहबाट माल्दिभ्स र पाकिस्तान एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।
भारतको जितमा अन्जु तामाङले ४ गोल गरिन् । डाङमेई ग्रेसले दुई तथा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक- एक गोल गरे ।
अब समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश भिड्ने छन् । सोही खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
Facebook Comment
Comment