काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष तहमा पेश गरेको छ ।
११ सदस्यीय कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहित र केहि क्षेत्रमा त्रिपक्षीय दाबी रहेको प्रतिवेदन बिहिबार शीर्ष नेतालाई बुझाएको हो ।
केही सिटहरुको बारेमा छलफल टुंगोमा पुग्न बाँकी रहेतापनि सैद्धान्तिक रुपमा समझदारी भइसकेकाले शीर्ष तहमा नै टुंगिने गरी प्रतिवेदन बुझाइएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुने एक कांग्रेस नेताले जानकारी दिए ।
सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सिट बाँटफाँटको टुंगो लगाउन एक महिनाअघि कार्यदल गठन गरेको थियो ।
संघीय निर्वाचन क्षेत्रका लागि कांग्रेसले एक सय, माओवादीले ६०, जसपाले ३२ र समाजवादीले कम्तिमा २६ निर्वाचन क्षेत्रमा दाबी गरेका छन्।
Facebook Comment
Comment