कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा रिहा

नेवार समुदायलाई व्यङ्ग्य गरेपछि पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ। बिहीबार तारेखमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ।

नेपालभ्युज

कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा रिहा

काठमाडौं। नेवार समुदायलाई व्यङ्ग्य गरेपछि पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ। बिहीबार तारेखमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ। उनी  १२ भदौमा पक्राउ परेका थिए। उनी अहिले बीर अस्पतालको कोभिड वार्डमा उपचाररत छन्।

कमेडी शोमार्फत नेवार समुदायको भावनामा आँच पुर्या‍एको अभियोगमा उनी पक्राउ परेका थिए। हिरासतमै कोरोना संक्रमण भएपछि उनी संक्रमणमुक्त भएपछि उपस्थित हुने गरी रिहा भएका हुन्।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो।

बुधबारमात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved