जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बताएअनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।
स्थानीय खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिए।
Facebook Comment
Comment