काठमाडौं । आफ्नो पार्टीले गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग राख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दिएको रिट निवेदन खारेज भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले अध्यक्ष थापाले दिएको रिट खारेज गरेसँगै थापाले गाई नपाउने भएका हुन् । यसअघि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।
राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले यस अघिनै निर्णय गरेको थियो ।
आयोगको सोही निर्णय विरुद्ध राप्रपा नेपाल सर्वोच्च अदालत गएको थियो ।
सर्वोच्चको यो आदेशसँगै उनलाई गाई निर्वाचन चिन्ह नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ ।
स्थानीय निकायको निर्वाचनमा राप्रपा नेपालले चुनाव चिन्ह ‘तीर’ प्राप्त गरेको थियो ।
Facebook Comment
Comment