‘गठबन्धनमा सिटको भागबण्डा टुंगो लागिसक्यो, पर्सीसम्म क्षेत्र पनि तय हुन्छ’ : प्रचण्ड

नेपालभ्युज

‘गठबन्धनमा सिटको भागबण्डा टुंगो लागिसक्यो, पर्सीसम्म क्षेत्र पनि तय हुन्छ’ : प्रचण्ड

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिटको भागबण्डा बारे टुंगो लागिसकेको बताएका छन् । उनले सिटको भाग कसलाई कति भन्ने विषयमा सहमति भइसकेको र पर्सीसम्म कुन क्षेत्र कसको भन्ने पनि तय भई सक्ने दाबी गरे  ।

जनकपुरधाममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनमा सिट संख्याको टुंगो लगाएर कार्यदलले काम गरिरहेको र पर्सीसम्म कुन पार्टीको कुन क्षेत्र भन्ने विषय तय हुने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका सबै दल चुनावी तयारीमा जुटिसकेको छौं ।’ उनले नागरिकता विधेयकको सन्दर्भमा संविधानअनुसार राष्ट्पतिले दोस्रोपटक समेत प्रमाणीकरण अस्वीकार गर्ने  व्यवस्था नरहेको सम्झाए ।

अध्यक्ष प्रचण्डले भने, ‘यदि अब पनि राष्ट्रपतिले प्रमाणीकरण गर्नु हुन्न भने सो विषय अदालतमा गएर निष्कर्षमा पुग्ने बाटो अपनाइने छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved