तेस्रो एकदिवसीय क्रिकेट

केन्याले दियो नेपाललाई २ सय ५६ रनको लक्ष्य

नेपालभ्युज

केन्याले दियो नेपाललाई २ सय ५६ रनको लक्ष्य

काठमाडौं । केन्याविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपालले २ सय ५६ रनको लक्ष्य पाएको छ । नैरोबी जिमखाना मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको हो ।

केन्याका लागि कोलिन्स ओबुआले ८४ र लुकसले ५९ रन बनाए । नेपालका लागि मोहम्मद आदिलले ३ र सोमपाल कामीले २ विकेट लिए । यसबाहेक शाहाब आलमले, बसिर अहमदले १–१ विकेट लिए ।

नेपाल आजको खेलमा पनि जित निकाल्दै सिरिज क्लिनस्विप गर्ने योजनामा छ । केन्या भने सान्त्वना जितको खोजीमा छ । पहिलो र दोस्रो खेल जितेर नेपालले सिरिज जितिसेकको छ । यसअघि, नेपालले टी–ट्वान्टी सिरिज पनि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved