लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री, ऋषिलाई हराउँदै सत्तारुढ दलको नेता निर्वाचित

महारानी एलिजावेथसँग सोमबार नै शपथ लिने

बेलायतको सत्तारुढ कन्जरभेटिभ दलको नेतामा लिज ट्रस निर्वाचित भएकी छन् । आन्तरिक चुनावमा उनले भारतीय मूलका बेलायती नागरिक ऋषी सुनकलाई हराएकी हुन् ।

नेपालभ्युज

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री, ऋषिलाई हराउँदै सत्तारुढ दलको नेता निर्वाचित

काठमाडौं । बेलायतको सत्तारुढ कन्जरभेटिभ दलको नेतामा लिज ट्रस निर्वाचित भएकी छन् । आन्तरिक चुनावमा उनले भारतीय मूलका बेलायती नागरिक ऋषी सुनकलाई हराएकी हुन् ।

केहीबेर अघि सार्वजनिक गरिएको नतिजामा ट्रसले ८१ हजार ३२६ मत ल्याएको बीबीसीले जनाएको छ । प्रतिद्वन्दी सुनकले ६० हजार ३९९ मत मात्रै पाए । ट्रसले अब प्रधानमन्त्री प्रधानमन्त्री बोरिस जोनसनलाई प्रतिस्थापन गर्नेछिन् । बेलायतमा सत्तारुढ दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

सन १९७५ मा जन्मेकी ट्रसले यसअघि विभिन्न मन्त्रालय सम्हालिसकेकी छन् । उनले तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुन, थेरेसा मे र हालका प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको मन्त्रिपरिषदमा काम गरेकी थिइन । जोनसन सरकारमा उनी विदेशमन्त्री थिइन । त्यसअघि उनले अर्थमन्त्रालय पनि सम्हालिसकेकी छन् ।

प्रधानमन्त्री एवं कन्जरभेटिभ दलका नेता जोनसनको कार्यशैलीप्रति विमति राखेर सुनक, ट्रस लगायतका धेरै मन्त्रीले पद छाडेपछि बेलायतमा राजनीतिक उथलपुथल भएको थियो । त्यसलगत्तै जोनसनले राजीनामा दिउपछि नयाँ नेता छान्न सत्तारुढ दलमा चुनाव भएको हो ।

चुनावमा नेता छान्न कन्जरभेटिभ पार्टीका एक  लाख ६० हजार भन्दा धेरैले मतदान गरेका थिए । गत जुन ३ तारिख भन्दा अघि पार्टीको सदस्यता लिएर अन्य मापदण्ड पुरा गरेकालाई मदतानको अधिकार दिईएको थियो ।

जोनसनको कार्यकालको आज अन्तिम दिन हो । कन्जरभेटिभ पार्टीको नयाँ नेतामा ट्रस चयन भएकाले अब वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजावेथसामु राजीनामा दिनेछन् । त्यसपछि नयाँ प्रधानमन्त्रीको सपथ हुनेछ ।


              

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved