भारतीय सेनाध्यक्षलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

नेपालभ्युज

भारतीय सेनाध्यक्षलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पा‌ंडेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पांडे पाँच दिने भ्रमणमा आइतबार काठमाडौं आएका हुन् । भ्रमणमा उनकी पत्नी अर्चना पनि सहभागी छन् ।

राष्ट्रपति भवनमा आयोजना गरिने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पांडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए ।

उनी सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनेछन् । जंगी अड्डामा सम्मान गारत निरीक्षण र सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved