को बन्ला बेलायतको प्रधानमन्त्री ? आज आउँदैछ परिणाम

कन्जरभेटिभ पार्टीको नेता छान्नको लागि भएको निर्वाचनको नतिजा नेपाली समय अनुसार सोमबार बेलुका ५ बजेपछि सार्वजनिक हुने बीबीसीले जनाएको छ ।

नेपालभ्युज

को बन्ला बेलायतको प्रधानमन्त्री  ? आज आउँदैछ परिणाम
तश्वीर : बीबीसी

काठमाडौं। बेलायतको प्रधानमन्त्री समेत बन्नेगरी कन्जरभेटिभ पार्टीको नेता आज सोमबार चयन हुँदैछ ।

कन्जरभेटिभ पार्टीको नेता छान्नको लागि भएको निर्वाचनको नतिजा नेपाली समय अनुसार सोमबार बेलुका ५ बजेपछि सार्वजनिक हुने बीबीसीले जनाएको छ । सत्तारुढ उक्त पार्टीको निर्वाचित नेता नै बेलायतको प्रधानमन्त्री हुनेछन् । विदेशमन्त्री लिज ट्रस र ऋषि सुनक कन्जरभेटिभ पार्टीको नेता बन्ने प्रतिष्पर्धामा छन् ।

प्रारम्भिक सर्वेक्षणमा सुनक भन्दा ट्रस अघि रहेकी छिन् । नेता छान्नको लागि कन्जरभेटिभ पार्टीका एक  लाख ६० हजार भन्दा धेरैले मतदान गरेका थिए । गत जुन ३ तारिख भन्दा अघि पार्टीको सदस्यता लिएर अन्य मापदण्ड पुरा गरेकाहरुलाई मदतानको अधिकार दिईएको थियो ।

कन्जरभेटिभ पार्टीको नेता चयन हुने वित्तिकै वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजावेथसामु राजीनामा दिनेछन् । त्यसपछि नयाँ प्रधानमन्त्रीको सपथ हुनेछ । विभिन्न विवादमा मुछिएपछि चर्को आलोचनामा घेरिएका जोनसनले पद त्याग गर्ने घोषणा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved