एसियाकप क्रिकेट : रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई हरायो

बई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको हो । यस जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।

नेपालभ्युज

एसियाकप क्रिकेट :  रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई हरायो

काठमाडौं। एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले भारतलाई हराएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको हो । यस जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर पाँच बलमा पाँच  विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानलाई अन्तिम दुई ओभरमा २६ रन चाहिएको थियो । १९ ‌औँ ओभरमा भारतीय बलर भुवनेश्वर कुमारलाई पाकिस्तानी ब्याट्स म्यानले १९ रन हाने भने त्यसै ओभरमार भारतका असर्दीप सिँहले क्याच छुटाए । अन्तिम ओभरमा सात रन चाहिएकोमा असर्दीप सिँहले विकेट लिएपछि खेल झनै रोमाञ्चक अवस्थामा पुगेको थियो । तर पाकिस्तानले एक बल अघि नै पुरा गर्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रन बनाए । यस्तै, मोहमद नवाजले ४२, जमानले १५, कप्तान बाबर आजमले १४, आसिफ अलीले १६ र खुस्दिल शाहले नटआउट १४ रन बनाए ।

बलिङतर्फ भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रबि बोस्नोई र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।

पाकिस्तानका शादब खानले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved