काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष पाण्डे

नेपालभ्युज

काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष पाण्डे

काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । उनी पाँच सदस्यीय टोलीसहित  भारतीय सेनाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

पाँचदिने भ्रमणमा नेपाल आएका उनलाई विमानस्थलमा  नेपाली सेनाले स्वागत गरेको थियो  ।

सोमबार उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालयमा गार्ड अफ अनर दिईने बताइएको छ ।

सोमबार नै उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved