मुख्य न्यायाधिवक्ता पद छाडेका झा जसपामा

नेपालभ्युज

मुख्य न्यायाधिवक्ता पद छाडेका झा जसपामा

जनकपुरधाम। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता पदबाट शनिबार राजीनामा दिएका दिपेन्द्र झा जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

झालाई शनिबार महोत्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतले स्वागत गरे ।

झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । उनी प्रदेश सरकार बनेलगत्तै मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved