सन् २०२४ को निर्बाचनमा विपक्षीहरु एकजुट हुन्छौंः नितिश कुमार

नेपालभ्युज

सन् २०२४ को निर्बाचनमा विपक्षीहरु एकजुट हुन्छौंः नितिश कुमार

पटना । बिहारका मुख्यमन्त्री नितिश कुमारले सन् २०२४ को लोकसभा चुनावका लागि विपक्षी हरू एकजुट हुने बताएका छन् ।

मणिपुरबाट जनता दल–युनाइटेड (जेडेयू) का पाँच जना विधायक सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेको एक दिनपछि शनिबार यसलाई ‘संवैधानिक’ हो कि होइन भनी सरकारसँग प्रश्न गरेका छन् ।

मुख्यमन्त्री नितिश कुमारले भने, ‘जब हामी एनडीएबाट अलग भयौं, मणिपुरका हाम्रा सबै छ जना विधायक आए र हामीलाई भेटे । उनीहरूले हामीलाई आश्वासन दिए कि उनीहरू जेडीयूमा छन् । हामीले के भइरहेको छ भनेर सोच्न जरुरी छ । उनीहरूले विधायकहरूलाई पार्टीहरूबाट अलग गरिरहेका छन्, के यो संवैधानिक हो?’

उनले अगाडि थपे, ‘सन् २०२४ को चुनावका लागि विपक्ष एकजुट हुनेछ ।’ शुक्रबार जेडेयूका पाँच विधायक भाजपामा विलय भएपछि बिहारका मुख्यमन्त्री नितिश कुमार र उgको पार्टीलाई ठूलो झट्का लागेको छ ।

भाजपाको विधान सभा सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मणिपुर विधानसभाका सभामुखले संविधानको दशौं अनुसूची अन्तर्गत जेडेयूका पाँच विधायकलाई भाजपामा विलय गर्न पाउँदा खुसी लागेको छ ।’

मुख्यमन्त्री नितिश कुमारले भाजपा परित्याग गरी तेजस्वी यादवको राष्ट्रिय जनता दल, काङ्ग्रेस र अन्य पार्टीहरूसँग मिलेर ‘महागठबन्धन’ गठन गरी बिहारमा शासन गरेको केही हप्तापछि पछिल्लो राजनीतिक घटनाक्रम सार्वजनिक भएको हो ।

घटनाक्रमबारे जानकारहरू भन्छन्, ‘भाजपाले हालै बिहारमा भएको घटनापछि जेडीयूमाथि जवाफी हमला गर्ने निर्णय गरेको छ ।’ सन् २०२० मा भाजपा– जेडेयू गठबन्धनमा चुनाव लडे र नितिश कुमारलाई मुख्यमन्त्रीको पद दिएर सरकार गठन गरे ।

दुई वर्ष भन्दाकम समयमा नितिश कुमारले आफ्नो छनौटलाई उल्ट्याए र आश्चर्यजनक कदम चालेर बिहारमा ‘महागठबन्धन’ सरकार गठन गर्न आरजेडी र काँग्रेससँग गठबन्धन गरेका छन् । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved