नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य, बलिङमा सुरुवाती सफलता

नेपालभ्युज

नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य, बलिङमा सुरुवाती सफलता
काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले केन्यालाई २ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ ।  केन्याविरुद्धको एकदिवसीय सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल ४९ ओभर २ बलमा २३० रन बनाएर अलआउट भएको हो ।
नैरोबी जिमखाना मैदानमा जारी खेलमा नेपालका लागि रोहित पौडेलले ७८ रन बनाए । यसवाहेक देव खनालले ३७ र सोमपाल कामीले २६, रनको योगदान गरे ।
ज्ञानेन्द्र मल्ल २५, बसिर अहमद १७, आदिल अन्सारी १४ र करन केसी ११ रनमा आउट भए । गतिलो सुरुवात गरे पनि नेपालले त्यस  अनुसारको स्कोर भने बनाउन सकेन ।
नेपालले बलिङमा सुरुवातमै केन्याको विकेट झारेको छ । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । शुक्रबार भएको पहिलो पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved