दिउँसो काठमाडौंसहितका स्थानमा वर्षाको सम्भावना

नेपालभ्युज

दिउँसो काठमाडौंसहितका स्थानमा वर्षाको सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। अहिले देशका केही ठाउँमा पानी परिरहेको छ । मधेश र सुदूरपश्चिमबाहेक बाँकी प्रदेशमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशका १ का एक दुई स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसमविदका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशैभरि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन । वाग्मती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved