एसियाकप क्रिकेट: रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै श्रीलङ्का सुपर फोरमा

नेपालभ्युज

एसियाकप क्रिकेट: रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै श्रीलङ्का सुपर फोरमा

काठमाडौं । बङ्गलादेशलाई हराउँदै श्रीलङ्का एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ। विहीबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलङ्का सुपर चारमा पुगेको हो । लगातार दुई खेल हारेको बंगलादेश भने बाहिरिएको छ ।

बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलङ्काकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । अन्तिम २ ओभरमा श्रीलङ्कालाई जितको लागि २५ रन चाहिएको थियो । १९ औँ ओभरमा श्रीलङ्काले १७ रन बनायो र एक विकेट पनि गुमायो । १९ ओभरको खेलमा जितको लागि ८ रन मात्रै आवश्यक पर्यो र ८ विकेट गइसकेको थियो । यसै पनि सहज अवस्थामा पुगेको श्रीलङ्कालाई बलर मेहदी हसनले नो बल फ्याँकेपछि सजिलो भयो । श्रीलङ्का ४ बल अघि नै लक्ष्य भेटायो । बङ्गलादेशले ४ वटा नो बलसहित १७ रन अतिरिक्त दिएको थियो ।

श्रीलङ्काका लागि कुशल मेन्डीसले ६० रनको अर्धशतकीय इनिङ खेले । कप्तान डसुन सनकाले ४५ रन जोड्दा पाथुम निशन्काले २० रन बनाए । बंगलादेशका एबाडोट होसेनले ३ तथा ताक्सिन अहमेदले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो । बंगलादेशका लागि आफिफ होसेनले ३९ रन जोड्दा मेहदी हसनले ३८ रन बनाए ।

समूह बी बाट अफगानिस्तान र श्रीलङ्का सुपर फोरमा पुगेका छन् । समूह ए बाट भारत सुपर फोरमा पुगेको छ भने शुक्रबार पाकिस्तान र हङ्कङ्को विजेतामध्ये एक टोली सुपर फोरमा जानेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved