जेलमा रहेका आलम रौतहट-२ मा प्रतिनिधिसभाका लागि सर्वसम्मत

दर्जनौं मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएका अभियुक्त आलमलाई कांग्रेसको मल्हम

नेपालभ्युज

जेलमा रहेका आलम रौतहट-२ मा प्रतिनिधिसभाका लागि सर्वसम्मत

काठमाडौं। एक दर्जन मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएको अभियोगमा पुर्पक्षका लागि नख्खु जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले बिहीबार आलमको नाम एकलरूपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ ।

आलममाथि २०६४ सालको चुनावमा विस्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भाडामा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved