आफूलाई गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन्। उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन्।

नेपालभ्युज

आफूलाई गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन्। उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन्।

उनले फेसबुकमा स्ट्याटस लेख्दै मानहानि र गाली बेइजतिको मुद्दा चलाउने चेतावनी दिए। उनले लेखेका छन्, ‘‘फेसबुकमा गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ । अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु।’’

उनले यो स्ट्याटस राखेको केही बेरमा गालीको ओइरो लागेपछि उनले अर्को स्ट्याटस राखेका छन्। उनले अर्को स्ट्याटसमा विरोध गर्न पाइन्छ भन्दै आफ्नै स्ट्याटसको बचाउ गरेका छन्। उनले बिहीबार बिहान ५ बजेदेखि १० बजेसम्म २० वटा स्ट्याटस पोस्ट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved