काठमाडौं। शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘झिँगेदाउ’ को प्रिमिएर गरिएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा रंगपत्रकार र फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।
प्रिमियरमा फिल्मले सबैबाट राम्रो प्रतिक्रिया पाएको छ । कतिपयले फिल्मको मेकिङ मनपरेको बताए, भने कतिले कलाकारको अभिनयको तारिफ गरे । प्रिमियरमा फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, कलाकार केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाललगायत आकर्षणको केन्द्र बनेका थिए ।
प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी, मुकुन, आँचलको कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारको अभिनय छ । फिल्म भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको हो । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेका हुन् ।
Facebook Comment
Comment