अमेरिकी नागरिकको औसत आयु २६ वर्षयताकै कम, कोरोना महामारी र लागु औषध मूख्य कारण

सरकारी तथ्याङ्कले सन् २०१९ मा अमेरिकी नागरिकको औसत आयु ७९ वर्ष रहेकोमा अहिले घटेर ७६ दशमलव १ रहेको देखाएको छ। दुई वर्षको गिरावट यो शताब्दीमा सबैभन्दा ठूलो भएको बीबीसीले जनाएको छ । 

नेपालभ्युज

अमेरिकी नागरिकको औसत आयु २६ वर्षयताकै कम, कोरोना महामारी र लागु औषध मूख्य कारण
प्रतिकात्मक तश्वीर

लण्डन।अमेरिकी नागरिकको औसत आयु सन् १९९६ यताकै कममा झरेको छ । सरकारी तथ्याङ्कले सन् २०१९ मा अमेरिकी नागरिकको औसत आयु ७९ वर्ष रहेकोमा अहिले घटेर ७६ दशमलव १ रहेको देखाएको छ। दुई वर्षको गिरावट यो शताब्दीमा सबैभन्दा ठूलो भएको बीबीसीले जनाएको छ ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार औसत आयु घट्नुमा कोविड १९ मुख्य कारक थियो। तथ्याङ्कका अनुसार २०१९ र २०२१ बीचको आयु २ दशमलव ७ वर्षले घटेको छ ।तथ्याङ्कले देखाउँछ कि कोभिड-१९ ले २०२० र २०२१ बीचको गिरावटको ५० प्रतिशत योगदान गरेको छ। २०१९ र २०२० बीचमा, महामारीले गिरावटको ७४ प्रतिशत योगदान गरेको छ। यस्तै, लागु पदार्थको प्रयोग पनि औसत आयु घट्नुको अर्को मूख्य कारण रहेको खबरमा उल्लेख छ ।

हृदय रोग, दीर्घकालीन कलेजो रोग, सिरोसिस र आत्महत्या को मृत्यु पनि औसत आयु घटाउन महत्वपूर्ण कारण बनेका छन् । सीडीसी तथ्याङ्कले पुरुष र महिला बीचको औसत आयुमा पनि स्पष्ट भिन्नताहरू देखाएको छ । २०२१ मा पुरुषको आयु लगभग एक वर्ष घटेर ७३ दशमलव २ वर्ष र महिलाको आयु १० महिनाले घटेर ७९ दशमलव १ मा झरेको छ ।यस्तै भूगोल अनुसार पनि औसत आयुमा फरक देखिएको छ । मिसिसिपीमा ७१ दशमलव ९ वर्षको तुलनामा हवाईमा औसत आयु उच्चतम ८० दशमलव ७ वर्ष छ।

अमेरिकामा औसत आयु विश्वभरका विकसित राष्ट्रहरूमा सबैभन्दा कम छ। उदाहरणका लागि, बेलायतमा ४० वर्षमा पहिलो पटक घटेपछि २०२० मा पुरुषको आयु ७९ र महिलाको ८२ दशमलव ९ थियो। विश्व बैंकको पछिल्लो तथ्याङ्क अनुसार हङकङ र जापानमा विश्वको सबैभन्दा उच्च औसत आयु ८५ वर्ष रहेको छ भने सिङ्गापुरमामा ८४ वर्ष रहेको छ। स्विट्जरल्याण्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशहरूको औसत आयु ८३ वर्ष रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved