दाङमा तीजको नाचगान गरिरहेका बेला चट्याङ् लाग्दा २ महिलाको ज्यान गयो

दाङमा मङ्गलबार राति चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते छन् ।

नेपालभ्युज

दाङमा तीजको नाचगान गरिरहेका बेला चट्याङ् लाग्दा २ महिलाको ज्यान गयो

दाङ। दाङमा मङ्गलबार राति चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते छन् । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा तीजको नाचगान भईरहेका बेला चट्याङ लागेर १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले घटनास्थलमा फोन सम्पर्क हुन नसकिरहेको हुँदा विस्तृत विवरण आउन नसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved