इन्जिनमा समस्या आएपछि चन्द्रमामा पठाउन ठिक्क पारेको रकेट प्रक्षेपण रोकियो

पूर्व निर्धारित तालिका अनुसार सोमबार दिउँसो रकेट प्रक्षेपण हुनुपर्ने थियो । तर इन्जिनियरले अन्तिम समयमा एउटा इन्जिनमा समस्या देखिएको बताएपछि प्रक्षेपण स्थगित भएको हो ।

नेपालभ्युज

इन्जिनमा समस्या आएपछि चन्द्रमामा पठाउन ठिक्क पारेको रकेट प्रक्षेपण रोकियो
तश्वीर : रोयटर्स

न्युयोर्क।  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । रकेटको इन्जिनमा समस्या देखिएपछि  परीक्षण प्रक्षेपण स्थगित गरिएको नासालाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

पूर्व निर्धारित तालिका अनुसार सोमबार दिउँसो रकेट प्रक्षेपण हुनुपर्ने थियो । तर इन्जिनियरले अन्तिम समयमा एउटा इन्जिनमा समस्या देखिएको बताएपछि प्रक्षेपण स्थगित भएको हो ।

रकेट प्रक्षेपणको अर्को सम्भावित मिति आउँदो शुक्रवारलाई तोकिएको छ । आर्टमिस नामको यो कार्यक्रमले मानिसलाई पुनः चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ । यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत मानिस र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको नासाले जनाएको छ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस कार्यक्रमले नयाँ युगको सुरुवात गर्ने बताएकी थिइन । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको यो रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो । यसले चन्द्रमामा ५० वर्षको अन्तरमा आउँदो दुई वर्षभित्र मानिस उतार्ने आधार खडा गर्ने भनिएको छ । अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ हप्तापछि प्रशान्त महासागरमा खस्नेछ ।  पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्दा सामना गर्ने चरम तापक्रमको विषयमा इन्जिनियरहरू सबैभन्दा बढी चिन्तित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved