जंगलमा २६ वर्षदेखि एक्लै बसिरहेका व्यक्तिको मृत्यु

यी व्यक्ति ब्राजिलको आदिवासी जनजाति समूदायका अन्तिम सदस्य थिए । जो जंगलमा एक्लै बस्ने गरेका थिए । उनको नाम पनि कसैलाई थाहा थिएन । उनलाई मैन अफ द होल भनेर चिनिन्थ्यो । किनकी उनले जमीनमा गहिरो खाडल खन्थे । 

नेपालभ्युज

जंगलमा २६ वर्षदेखि एक्लै बसिरहेका व्यक्तिको मृत्यु

काठमाडौं । ब्राजिलमा २६ वर्षदेखि जंगलमा एक्लै बसिरहेका ब्यक्तिको मृत्यु भएको छ । उनको २६ वर्षदेखि बाहिरी दुनियाँसँग कुनै सम्पर्क थिएन ।

यी व्यक्ति ब्राजिलको आदिवासी जनजाति समूदायका अन्तिम सदस्य थिए । जो जंगलमा एक्लै बस्ने गरेका थिए । उनको नाम पनि कसैलाई थाहा थिएन । उनलाई मैन अफ द होल भनेर चिनिन्थ्यो । किनकी उनले जमीनमा गहिरो खाडल खन्थे ।

ति मध्ये केही खाडल जनावरको शिकारमा प्रयोग गर्थे भने केहीमा आफू लुक्ने  गरेका थिए । अधिकारिले उनको शव झुपडी बाहिर भेटाएको बताएका छन् । उनको उमेर ६० वर्षजति भएको बताइएको छ ।

ब्राजिलका मूल निवासी समुदायका बाँकी ६ सदस्य सन १९९५ मा मारिएका थिए । मानिन्छ की उनको समूदायका अधिकांशको सन १९७० को दशकमा जमिन विस्तार गर्ने किसानबाट हत्या भएको थियो ।

सन २०१८ मा एक एजेंसीका कार्यकर्ताले जंगलमा भएको भिडन्त खिचेका थिए । त्यही क्रममा यि अहिले मरेका व्यक्तिको झुपडी पनि देखिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved