सोमबार नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार रकम सवा १ अर्बमा खुम्चियो

नेपालभ्युज

सोमबार नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार रकम सवा १ अर्बमा खुम्चियो

काठमाडौं । साताको दोस्रो कारोबार सोमबार नेप्सेमा ३.७६ अंकको वृद्धि भएको छ । लगातार दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने सुधार भएको हो ।

नेप्सेसँगै अधिकाम्स उपसूचमा सुधार हुँदा बैंकिङ र लघुवित्त उपसूचकमा सामान्य गिरावट भएको छ । त्यस्तै लगानी उपसूचक ०.५८ प्रतिशतले गिरावट हुँदा म्युचुअल फण्ड उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सुधार भएपनि कारोबार रकम भने सवा एक अर्बमा सीमित भएको छ । सोमबार ३४ लाख ४० हजार ९०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार भएको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार घटेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved