जनकपुरधाम। नेपाली कांग्रेस मधेस प्रदेश समितिले उम्मेदगवार छनोट गर्ने उद्देश्यले प्रदेशका ८ वटा जिल्लाका सबै ६४ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ ।
प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले जनाए अनुसार प्रदेश र संघमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गराउन सक्ने संख्यामा जनप्रतिनिधिलाई निर्वाचित गराउने र निर्वाचनमा विजयी हासिल गर्न सक्ने योग्य, इमान्दार, पार्टीप्रति प्रतिबद्ध सम्भावित उम्मेदवारहरू छनट्टोको लागि प्रतिनिधिको रूपमा खटाइएको छ। प्रतिनिधिहरू खटिएको क्षेत्रको सूक्ष्म वस्तुस्थिति विश्लेषण गरी लिखित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको महामन्त्री श्रेष्ठले जानकारी दिए। प्रदेश कार्यसमितिका सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाइएको छ ।
प्रतिनिधिले ‘जनताको साथमा कांग्रेस’ अभियानलाई प्रभावकारी एवं सफल बनाउन केन्द्रद्वारा जिल्लामा खट्ने केन्द्रीय प्रतिनिधिलाई सहयोग गर्दै सम्बन्धित जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति, प्रदेश क्षेत्रीय कार्यसमिति, पालिका र वडा कार्यसमिति लगायत पार्टीका सबै तह भातृ एवं शुभेच्छुक संघ–संस्थाहरूसँग समन्वय गरी अन्तर्क्रिया, छलफल र अवलोकन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले बताए।
प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले खटिएका प्रतिनिधिहरू भदौ १० गते नै सम्बन्धित जिल्लामा पुगिसकेको जानकारी दिए ।
कुन जिल्लामा खटिए को-को प्रतिनिधि ?
कांग्रेसले सप्तरी जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा नितु झा, ‘ख’ मा अख्तर अली, २ को ‘क’ मा बिन्दा कार्की, ‘ख’ मा सितल प्रसाद यादव, ३ को ‘क’ मा रेखाकुमारी यादव, ‘ख’ मा सरोज यादव, ४ को ‘क’ मा राजदा खातुन र ‘ख’ मा प्रमेश पोखरेललाई खटाइएको छ ।
सिरहाको क्षेत्र नम्बर १ को ‘क’ मा बुनेल राम, ‘ख’ मा आशाराम चौधरी, २ को ‘क’ मा शिवकुमारी साह, ‘ख’ मा नितु झा, ३ को ‘क’ मा लोकनारायण प्रसाद यादव, ‘ख’ मा राजेश्वरी यादव, ४ को ‘क’ मा भुनेश्वर साफी र ‘ख’ मा पार्वती देवी माझीलाई खटाइएको छ ।
धनुषाको क्षेत्र नम्बर १ को ‘क’ मा सुरेशप्रसाद यादव, ‘ख’ मा नुरुन नेसा, २ को ‘क’ मा सुरेश लाल कर्ण, ‘ख’ मा रेखा यादव, ३ को ‘क’ मा नरेन्द्र यादव, ‘ख’ मा शिवनारायण यादव, ४ को ‘क’ मा सुनील ठाकुर र ‘ख’ मा लक्ष्मणप्रसाद ठाकुरलाई खटाइएको छ ।
महोत्तरी क्षेत्र नम्बर १ को ‘क’ मा हरिनारायण साह, ‘ख’ मा भावना ढुंगेल घिमिरे, २ को ‘क’ मा राजकिशोर यादव, ‘ख’ मा वासुलाल महतो, ३ को ‘क’ मा बालेश्वर मण्डल, ‘ख’ मा सुरेश ठाकुर हजाम, ४ को ‘क’ मा रचना श्रेष्ठ माथेमा र ‘ख’ मा जीवनाथ चौधरीलाई खटाइएको छ ।
सर्लाहीको क्षेत्र नम्बर १ को ‘क’ मा सूर्यबहादुर थापा, ‘ख’ मा अञ्जु झा, २ को ‘क’ मा नीतेश कुमार गुप्ता, ‘ख’ मा रवीन्द्रचन्द्र कोइराला, ३ को ‘क’ मा अरुणकुमार साह, ‘ख’ मा अच्छेलाल राय यादव, ४ को ‘क’ मा राजेश गिरी र ‘ख’ मा नागेन्द्र साहलाई खटाइएको छ ।
रौतहटको क्षेत्र नम्बर १ को ‘क’ मा उदयनारायण चौधरी, ‘ख’ मा शर्मिला थापा, २ को ‘क’ मा रामबाबु साह, ‘ख’ मा मदनबहादुर विक, ३ को ‘क’ मा धर्मलाल राय, ‘ख’ मा जसोधा कुमारी यादव, ४ को ‘क’ मा सोनीकुमारी बोञ्जन र ‘ख’ मा ध्रुवप्रसाद रिजाललाई खटाइएको छ ।
बाराको क्षेत्र नम्बर १ को ‘क’ मा ममता महतो, ‘ख’ मा पिंकी साह, २ को ‘क’ मा नितेन्द्र साह, ‘ख’ मा प्रेमशंकर सिंह, ३ को ‘क’ मा ताज अली अन्सारी, ‘ख’ मा रमाकान्त चौरसिया, ४ को ‘क’ मा अर्चना चौधरी र ‘ख’ मा किरण कुमारी शर्मालाई खटाइएको महामन्त्री श्रेष्ठले जानकारी दिए ।
पर्साको क्षेत्र नम्बर १ को ‘क’ मा मनमाया तामाङनी, ‘ख’ मा उषा देवकोटा, २ को ‘क’ मा सञ्जय कुमार चौरसिया, ‘ख’ मा अतिउर रहमान, ३ को ‘क’ मा सीता कुमारी पासवान, ‘ख’ मा शान्ति सिंह, ४ को ‘क’ मा सिता कुमारी मैनाली र ‘ख’ मा उपेन्द्र जयसवाललाई खटाइएको छ ।
Facebook Comment
Comment