कोरोनाविरुद्धको खोप नलगाएपछि जोकोभिचले यूएस ओपन खेल्न नपाउने

नेपालभ्युज

कोरोनाविरुद्धको खोप नलगाएपछि जोकोभिचले यूएस ओपन खेल्न नपाउने

काठमाडौं। सर्वियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले यूएस ओपन खेल्न नपाउने भएका छन् । जोकोभिचलाई प्रतियोगितामा भाग लिनको लागि खोप लगाएर उपस्थित हुन आग्रह गर्दा उनले खोप लगाउन अस्वीकार गरेको आयोजक समितिले जनाएको छ ।

यूएस ओपनले आधिकारिक रुपमै अब जोकोभिचले प्रतियोगिता खेल्न नपाउने जानकारी दिएको छ । अमेरिकि ओपन टुर्नामेन्टका निर्देशक स्टेसी एलेस्टरले नोभाक एक महान च्याम्पिनयन भएको उल्लेख गर्दै उनको अनुपस्थिति दुखद् विषय भएको बताएका छन् ।

अमेरिका प्रवेशको लागि गैर अमेरिकी नागरिकलाई कोरोनाविरुद्दको खोप अनिवार्य गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved