अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने – अब उप्रान्त यस्तो गर्न नपरोस्

‘‘उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गए। मैले के बिराए। अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफै बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइ दिनुहोला। नक्सा जसरी पास भएको छ, त्यही अनुसार बनाइदिनुहोला।’’

नेपालभ्युज

अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने – अब उप्रान्त यस्तो गर्न नपरोस्

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएपछि आफ्नो गल्ती नभएको छन्। यसअघि बिहान सोही स्थानमा पुगेका शाहसँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका उनले अपराह्न डोजर लगेर भत्काएपछि फेसबुकमार्फत लेखेका हुन्।

नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार अपराह्न पुनः डोजर लिएर गएर भत्काएका थिए। उनले भनेका छन्, ‘‘उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गए। मैले के बिराए। अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफै बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइ दिनुहोला। नक्सा जसरी पास भएको छ, त्यही अनुसार बनाइदिनुहोला।’’

उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरीसहित सुरक्षाकर्मी र महानगरको टोली लिएर अनधिकृत संरचनाको अवलोकनमा निस्केको छ।

सोमबारदेखि नयाँ बानेश्वरबाट शुरु भएको अभियान काठमाडौँ महानगरपालिकाको विभिन्न स्थानहरूमा चलिरहेको छ। महानगरले हिजो नै सुनधारास्थित काठमाडौँ मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचनामा डोजर चलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved