बालेन शाह डोजर लिएर आएपछि व्यापारीको भागाभाग, कतै सामान सार्दै, कतै प्रतिवाद गर्दै

वादविवाद परेको अल्फाबिटा कम्प्लेक्समा डोजर लिएर जाँदै

यसअघि सुरक्षाकर्मीको बानेश्वरस्थित अल्फा बिटा पुगेका बालेनको कम्प्लेक्स सञ्चालकसँग भनाभन परेको थियो। अहिले पुन बालेन डोजर लिएर त्यहाँको अवैध संरचना भत्काउन गएका छन्।

नेपालभ्युज

बालेन शाह डोजर लिएर आएपछि व्यापारीको भागाभाग, कतै सामान सार्दै, कतै प्रतिवाद गर्दै

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’सहितको टोलीले मापदण्ड विपरीत बनाइएका अनधिकृत संरचना हटाउन थालेपछि व्यापारीहरूले सामान सार्न थालेका छन्। बालेन शाहको टोली डोजर लाउँदै घुमेपछि अवैध संरचनामा पसल राख्ने व्यापारीहरूले सामान सार्न लागेका हुन्।

कोटेश्वर चोक र ट्राफिक प्रहरी कार्यालय भित्र रहेको अवैध संरचनामा रहेका पसलेहरू सामान सारिरहेका छन्। मापदण्ड विपरीत बनाइएका अनधिकृत संरचनामा भएका पसलका संञ्चालकहरु अहिले सामान सारिरहेका छन्।
उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरीसहित सुरक्षाकर्मी र महानगरको टोली लिएर अनधिकृत संरचनाको अवलोकनमा निस्केको छ।

यसअघि सुरक्षाकर्मीको बानेश्वरस्थित अल्फा बिटा पुगेका बालेनको कम्प्लेक्स सञ्चालकसँग भनाभन परेको थियो। उनले कम्प्लेक्सस्थित अन्डरग्राउन्डको नक्सा पास खोज्दा सञ्चालकले अटेर गरेका थिए। उनीहरूवीच यही विषयमा केही बेर भनाभन चलेको थियो। अहिले पुन बालेन डोजर लिएर त्यहाँको अवैध संरचना भत्काउन जान लागेका छन्।

सोमबारदेखि नयाँ बानेश्वरबाट शुरु भएको अभियान काठमाडौँ महानगरपालिकाको विभिन्न स्थानहरूमा चलिरहेको छ। महानगरले हिजो नै सुनधारास्थित काठमाडौँ मल,न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचनामा डोजर चलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved