उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

नेपालभ्युज

उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

काठमाडौं। काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेस तथा पहाडी क्षेत्रमा डेंगु को सङ्क्रमण बढ्दै गएको छ ।

काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेंगु ज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौंमा डेंगुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

अस्पतालमा चिकित्सकसहित धेरै डेंगुका बिरामी भर्ना भएको बताए। “यहाँ दैनिक डेंगुका बिरामी भर्ना भइरहेका छन्”, उनले भने,“घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने गर्छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो । त्यसयता डेंगुको सङ्क्रमण देखिँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved