जनता ओलीको पाखण्डी राष्ट्रवादको पछि लाग्दैनन् : प्रचण्ड

प्रचण्डले ओलीले विभिन्न समयमा विभिन्न विषयमा पाखण्डी राष्ट्रवादको वकालत गरिरहेको र अहिले नागरिकता विधेयकमा राजनीति गर्न खोजेको बताए । नागरिकता विधेयक लाई राष्ट्रघाती भन्नु नै पाखण्डीबाहेक केही नभएको उनको भनाई छ ।

नेपालभ्युज

जनता ओलीको पाखण्डी राष्ट्रवादको पछि लाग्दैनन् : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले पाखण्डी राष्ट्रवादको संरक्षण गरिरहेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले ओलीले विभिन्न समयमा विभिन्न विषयमा पाखण्डी राष्ट्रवादको वकालत गरिरहेको र अहिले नागरिकता विधेयकमा राजनीति गर्न खोजेको बताए । नागरिकता विधेयक लाई राष्ट्रघाती भन्नु नै पाखण्डीबाहेक केही नभएको उनको भनाई छ ।

उनले आमाबुबा दुबै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विधेयकको सार भएको बताए ।

‘आमाबुबा दुबै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने कुरा मात्रै अहिलेको विद्येयकको सार हो । ७ लाख मान्छेहरु नागरिकता विहिन भएका छन् । सबै अवसरबाट बञ्चित भयो, त्यो स्थितिको अन्त्य गर्ने विद्येयक हो । त्यसकारण यसलाई राष्ट्रघाती भन्नु नै पाखण्ड बाहेक केही हुदैन ।’ प्रचण्डले भने ।

नागरिकता विधेयक संसदमा ल्याउँदा एमालेले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको प्रचण्डको भनाई छ ।

‘यो त्यही विद्येयक हो जो केपी ओली प्रधामन्त्री हुँदा अध्यादेशमार्फत लगिएका थियो । जसले यो विद्येयक अध्यादेश मार्फत पोहोर साल लगेका थिए । यही विद्येयक राष्ट्रघाती भन्नुभन्दा बेइमानी अनैतिकता अरु केही हुनै सक्दैन्। ’ प्रचण्डले भने ।

एमालेले राष्ट्रवादको मखुन्डो लगाएर भोट बटुल्छौं भन्नु दुस्साहस हुने पनि प्रचण्डको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved