भारतीय अभिनेत्री सोनालीको हृदयाघातका कारण मृत्यु

नेपालभ्युज

भारतीय अभिनेत्री सोनालीको हृदयाघातका कारण मृत्यु

एजेन्सी । भारतीय अभिनेत्री सोनाली फोगाटको मृत्यु भएको छ । ४२ वर्षीया यी अभिनेत्रीको गोवामा हृदयाघातका कारण मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । हरियाणाबाट उनी घुम्न गोवा गएकी थिइन् ।

उनी सत्तारुढ भारतीय जनता पार्टीको नेता पनि थिइन । फोगाटले रियालिटी शो बिग बोसमा समेत सहभागिता जनाएकी थिइन । कुनै समय टिकटकमा समेत लोकप्रिय रहेकी फोगाटका लाखौं फलोअर्स थिए । तर भारतले टिकटकमा प्रतिवन्ध लगाएपछि उनी राजनीतिमा आएकी थिइन ।

बिग बोसमा साथीहरुसँग लडाइँ झगडा गरेपछि उनको नकारात्मक चर्चा चुलिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved