काठमाडौै । काठमाडौं महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यापारीले नाराबाजी गरेका छन् । उनीहरूले महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् । उनीहरूले मेयर बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजे पनि वास्ता नगरेको भन्दै नाराबाजी गरेका हुन् ।
उनीहरूले गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गरफुटपाथ व्यवसायीको व्यवस्थापन गर, विना विकल्प धोका दिन पाइँदैन जस्ता नारा लगाएका छन् ।
काठमाडौं महानगरपालिकाले केही समयता बानेश्वर लगायतका क्षेत्रका फुटपाथमा व्यापार बन्द गराएपछि उनीहरू आन्दोलित बनेका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ज्ञापनपत्र बुझाउन गएका उनीहरूले ३ बुँदे माग एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Facebook Comment
Comment