बालेनको चेतावनी : ‘महानगर सबैतिर पुग्नेछ, अन्डरग्राउन्डमा पसल होइन पार्किङ नै राख्नु’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्डरग्राउन्ड पार्किङ्को लागि नक्सा पास गर्ने तर अरू प्रयोजनमा लगाउनेलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएका छन् ।

नेपालभ्युज

बालेनको चेतावनी : ‘महानगर सबैतिर पुग्नेछ, अन्डरग्राउन्डमा पसल होइन पार्किङ नै राख्नु’
तश्वीर: मेयर बालेन शाहको फेसबुक पेज

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्डरग्राउन्ड पार्किङ्को लागि नक्सा पास गर्ने तर अरू प्रयोजनमा लगाउनेलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएका छन् ।

सोमबार नयाँ बानेश्वर क्षेत्रमा अन्डरग्राउन्डमा राखिएका पसल हटाउन सुरु गरेका मेयर शाहले यो अभियान महानगरका सबै क्षेत्रमा पुग्ने जनाएका छन् ।

नक्सा पास गर्दा पार्किङ प्रयोजनको लागि भनेर स्वीकृति लिने तर अहिले अरु प्रयोजनमा लगाउनेविरुद्द बालेनले एक्सन लिएका हुन् ।

बालेनले फेसबुकमा लेखेका छन्, “अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ । पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुको अनुगमन, खोजी र कारबाही सुरु भएको छ ।  हामीले आज बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौँ । विस्तारै सबैतिर महानगर पुग्नेछ । यसैले हामी अनुरोध गर्दछौँ कि पार्किङका लागि बनाइएका संरचनाहरु पार्किङमा नै प्रयोग गरिदिनुहोला । यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ ।  कृपया, कारबाही भन्दा पनि महानगरप्रतिको जिम्मेवारीले पनि आफु सचेत बनिदिनु हुनेछ भन्ने विश्वास गर्दछौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved