कायरो । इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले युक्रेनयुद्धसँग सम्बन्धित ऊर्जा र खाद्य सङ्कटलाई कार्यसूचीमा राखेर सोमबार पाँच राष्ट्रको अरब शिखर सम्मेलन आयोजना गर्ने भएका छन् ।
सिसी, यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल–नाह्यान, इराकी प्रधानमन्त्री मुस्तफा अल–कादेमी र जोर्डन र बहराइनका राजा क्रमशः अब्दुल्लाह द्वितीय र हमादबीच भूमध्यसागरीय तटमा कायरोको उत्तरपश्चिममा रहेको अल–अलामीनमा भेटवार्ता हुने बताइएको छ ।
कूटनीतिक स्रोतलाई उद्धृत गर्दै अल–अहरामले भने, ‘सम्मेलनमा युक्रेन युद्धका कारण परेको खाद्यान्न सङ्कट, इजिप्ट र सुडानलाई इथियोपियाविरुद्ध नाइल नदीमा रेनेसा ड्यामका साथै यमन, सिरिया र लिबियामा जारी द्वन्द्व र यसै महिनाको सुरुमा इजरायल–गाजायुद्धको पछिल्लो चरणका विषयमा पनि छलफल हुने बताए ।
सम्मेलनमा सहभागीमध्ये इजरायललाई मान्यता नदिने इराक एक मात्र देश हो । एएनआई
Facebook Comment
Comment