प्रचण्डको उद्घोष : ‘अन्तर्घात गर्नेलाई कारबाही गरेरै छाड्छौ’

नेपालभ्युज

प्रचण्डको उद्घोष : ‘अन्तर्घात गर्नेलाई कारबाही गरेरै छाड्छौ’
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।

पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै उनले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए ।
अध्यक्ष प्रचण्डले अन्तर्घात छानबिन पार्टीको अनियमितता र गडबडी सच्याउने विषयसँग मात्र सम्बन्धित नभएको बताए । पार्टीलाई विधिसम्मत र अनुशासनमा चलाउने र राम्रोलाई प्रोत्साहन गर्न पनि जरुरी भएको बताए ।

माओवादीले गत स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न टंक राईको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved