गणेशमानसँग पनि नडराउने प्रदीप

प्रदीपजीले गणेशमान जस्तो नेता हाम्रो कमान्डरसँग निर्धक्क राख्नुहुन्थ्यो। नेपालका कम्युनिस्टसँग मिल्दै नमिल्नु भन्ने वीपीको लाइन तर गणेशमानजी कम्युनिष्टहरुसँग छलफल गर्दा प्रदीपजी धेरै पटक भनाभन गर्नुहुन्थ्यो। यस्तै प्रदीपजीले वीपीप्रति केही गुनासो गर्नुहुन्थ्यो भने बिपी र राजा महेन्द्र त्यो बेला मिलेको भए नेपालको अवस्था कति माथि पुग्थ्यो भन्ने नै हो।

नेपालभ्युज

गणेशमानसँग पनि नडराउने प्रदीप

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ। २००४ सालमा सिराहाको बस्तीपुरमा जन्मिएका गिरिले आज सिङ्गो मुलुकलाईकै स्तब्ध पारेर हामीमाझबाट बिदा भए।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल होस् या पार्टी केन्द्रीय कार्यालय सुवेक्षुकहरुको भीड लागेको थियो। त्यही पार्टी कार्यालय सानेपाको भीडमा थिए दामोदर गौतम। नख्खु कारागारमा आजभन्दा ५४ वर्षअघि भएको भेट र त्यसपछिका सहकार्य सम्झँदै यताउता गरिरहेका थिए। सन्तको भेषमा रहेका नेपाल विद्यार्थीसंघका संस्थापक सदस्य समेत रहेका दामोदर युवा पुस्तामा खासै परिचित छैनन् तर बीपी गणेशमान किसुनजी र स्वर्गीय नेता गिरिको नजिर रहेर राजनीतिक परिवर्तनमा होमिएका थिए।

आफ्ना मिल्ने साथी गुमाएको पीडा जति लुकाउन खोजे पनि उनको आँखामा प्रस्ट देखिन्थे। उनले प्रदीप गिरिका सपना भन्न खोजिरहेका थिए । प्रदीप गिरिसँगका विगतका सहकार्य र आन्दोलनलाई दामोदर गौतमले यसरी सम्झिए।

उहाँले हरेक धर्मशात्रलाई सकारात्मक ऊर्जा दिनुहुन्थ्यो। उहाँले पदलाई कहिल्यै महत्त्व दिनुभएन। मेरो सङ्गत विगत ५४ वर्षदेखि थियो। उहाँ मेरो नजिकको मित्र हो। २०२४ सालमा गिरिजाप्रसाद कोइरालाले बनारसमा डेम्रोक्रेटिक सोसल यूथ लिग खोल्नुभयो, जसको अध्यक्ष सैलजा आचार्य , उपाध्यक्षमा प्रदीप गिरी र सेक्रेटरीमा रामचन्द्र पौडेल , र सदस्यहरूमा अरू हुनुहुन्थ्यो। त्यो बेलाका पञ्चहरू र विदेशी शक्तिहरू मिलेर कांग्रेसलाई कमजोर बनाउन लागेका थिए। हामी पनि विद्यार्थी आन्दोलनको तयारी गरिरहेका थियौँ। त्यो बेला प्रजातन्त्रमा आस्था राख्नेहरूलाई पन्चेहरूले अगाडि बढ्नै दिँदैनथे हामीले उनीहरू विरुद्ध मोर्चाबन्दीकाे तयारी गरिरहेका थियौँ।

२०२५ सालको कुरा हो मैले एसएलसी दिने बेला दरबारभित्रका व्यक्तिहरूको संलग्नतामा प्रश्न पत्र बाहिरियो। प्रश्नपत्र बाहिर ल्याएर दरबारका नजिककालाई पास गराउने उनीहरूको तयारी थियो। त्यो बेलाको शिक्षामन्त्री सुरेन्द्र बहादुर शाह हुनुहुन्थ्यो। दरबारिया मण्डलेलाई प्रश्न पत्र बाहिर ल्याएर पास गरायो, हामी त साधारण जनता पर्याैँ। हामीले त्यसविरुद्ध आन्दोलन चर्कायौँ, परीक्षा नियन्त्रण कार्यालयमा आगलागी पनि भयो हाम्रै नेतृत्वमा शिक्षामन्त्रीको मोटर पनि जलायौँ , सो कार्यमा संलग्न भएकाले मलाई समातेर थुन्यो।

मलाई ललितपुरको नख्खु जेल पुर्‍याइयो सोही सिलसिलामा नख्खु जेलमा नै प्रदीपजीसँग भेट भयो। त्यसपछि हामी निरन्तर भेट्न थाल्यौ। आज उहाँको अन्तिम दिन आज पनि म उहाँलाई भेट्दै छु। उहाँ त्यो बेला पुतलीसडक बस्नुहुन्थ्यो। मेरो घर काठमाडौंको स्युचाटार, त्यो बेला अहिलेजस्तो काठमाडौँ थिएन, जताततै झाडी थियो दिउसै स्याल कराउँथे डर पनि लाग्थ्यो। काम विशेषले गर्दा राति भयो भने कहिलेकाँही प्रदीप जी कै कोठामा बस्थे, उहाँको कोठामा जे छ त्यही बाँडेर खान्थ्यौ। उहाँ अत्यन्त शालीन व्यक्तित्व, कम्युनिष्टहरुलाई पनि गाली गर्नुहुन्नथ्यो । उहाँ कसैसँग पूर्वाग्रह राख्नुहुन्नथ्यो। म एउटा कुरा के भन्छु भने उहाँले बिपी र गणेशमानलाईपनि गलत काममा औँला उठाउनुहुन्थ्यो।

किसुनजी (कृष्ण प्रसाद भट्टराई ) प्रति उहाँको गुनासो के थियो भने २०४७ सालमा एउटा संघर्ष समिति बनेको थियो। त्यो बेला किसुनजी पार्टी सभापति हुनुहुन्थ्यो। गिरिजा बाजु त्यो बेला पञ्चायतमा लाग्नुभयो, गणेशमानजी हामीहरू पञ्चायतविरुद्ध लाग्यौ, तर, सोही क्रममा गणेशमानजीले बिपीले देखाएको बाटो छोड्न थाल्नुभयो। त्यो बेला गणेशमान जी र प्रदीपजी बाझाबाझ नै गर्नुभएको थियो त्यो म सम्झन्छु। बिपीले भनेको के थियो भने प्रजातान्त्रिक आन्दोलन आफ्नो खुट्टामा उभिएर गर्नुपर्छ।

बिपीले विचार दिनुहुन्थ्यो जस्तै गाँस बास , कपास शिक्षा र स्वास्थ्यलाई जनताको पहुँचमा पुर्‍याउनुपर्छ भन्नुहुन्थ्यो। तर, त्यो भिजन गणेशमानसँग थिएन। र, उहाँले त्यो बिचारलाई ध्यान नदिँदा उहाँहरूबिच भनाभन समेत भएको थियो। अर्को कुरा कम्युनिष्टहरुलाई एकीकृत गर्ने काम गर्नुभयो गणेशमानले उहाँले कम्युनिस्टहरू मिलेर कांग्रेससँग प्रतिस्पर्धामा आउनु नभनेको भए अहिलेका कम्युनिस्ट लाइट बालेर खोज्नुपर्थ्यो।

त्यस बिषयमापनि प्रदीपजीले गणेशमान जस्तो नेता हाम्रो कमान्डरसँग निर्धक्क राख्नुहुन्थ्यो। नेपालका कम्युनिस्टसँग मिल्दै नमिल्नु भन्ने वीपीको लाइन तर गणेशमानजी कम्युनिष्टहरुसँग छलफल गर्दा प्रदीपजी धेरै पटक भनाभन गर्नुहुन्थ्यो। यस्तै प्रदीपजीले वीपीप्रति केही गुनासो गर्नुहुन्थ्यो भने बिपी र राजा महेन्द्र त्यो बेला मिलेको भए नेपालको अवस्था कति माथि पुग्थ्यो भन्ने नै हो। वीपीले किन त्यो बेला अहमता देखाउनुभयो होला भन्ने प्रदीपजीले बारम्बार भन्नुहुन्थ्यो।

आज यस्तो भ्रष्टाचार मौलाउने थिएन , नेताप्रति जनता अधै आशावादी हुने थिए भन्ने हो। अहिलेको अवस्थामा उहाँले पद र पैसा मात्र नेताहरूले हेर्ने गरेको र बिपीको बाटो भुल्दै गएकोमा उहाँले चिन्ता गर्नुहुन्थ्यो। देशप्रति केही गर्ने अठोट गर्दागर्दै आज हामीलाई छोडेर जानुभयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved