भरतपुरलाई सुन्दर र सुसंस्कृत सहरका रूपमा परिणत गर्छौ : रेनु दाहाल

नेपालभ्युज

भरतपुरलाई सुन्दर र सुसंस्कृत सहरका रूपमा परिणत गर्छौ : रेनु दाहाल
फाइल तस्वीर

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेको बताएकी छन् ।

आइतबार भरतपुर–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले विगत ५ वर्षमा पुरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिँदै जनताको इच्छा र चाहानालाई सम्बोधन गर्दै अबको ५ वर्ष अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
भरतपुर महानगरपालिकालाई नेपालकै नमुना महानगरका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सुसंस्कृत सहरका रूपमा परिचित हुने क्रममा रहेको मेयर दाहालको भनाइ थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुँदा देशभरबाट हेर्न आउने सहर बन्ने मेयर दाहालले बताइन् ।

सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब जनतालाई कसरी खुसी बनाउन सकिन्छ भन्ने तर्फ महानगरपालिकाले ध्यान केन्द्रित गरेको मेयर दाहालको भनाइ थियो । सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रवर्धन गर्ने नीति लिएको मेयर दाहालले स्पष्ट पारिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved