गिरिको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय सानेपा लगियो, आजै अन्त्येष्टि

कांग्रेसले भोलि देशभरीका कार्यालय बन्द गर्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको बैठकले गहिरो दु:ख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । नेता प्रदीप पौडेलका अनुसार भोलि सोमबार कांग्रेसका सबै कार्यालय बन्द गरिने छ भने ६ गते सम्म पार्टीको झण्डा आधा झुकाइनेछ । 

नेपालभ्युज

गिरिको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय सानेपा लगियो, आजै अन्त्येष्टि

काठमाडौं।  नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई श्रद्धाञ्जलिका लागि मेडिसिटी अस्पतालबाट पार्टी कार्यालय सानेपा लगिएको छ।  आज बिहान गिरिको पार्थिव शरीरमा  लाई श्रद्धाञ्जलि दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू मेडिसिटी अस्पताल पुगेका थिए।

आजै नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले गहिरो दु:ख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । नेता प्रदीप पौडेलका अनुसार भोलि सोमबार का‌ग्रेसका सबै कार्यालय बन्द गरिने छ भने ६ गते सम्म पार्टीको झण्डा आधा झुकाइनेछ ।

गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहान ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा  राखिने छ।

२:०० बजेपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved