अस्पताल पुगे अर्जुननरसिंह केसी, कस्तो छ गिरिको अवस्था ?

नेपालभ्युज

अस्पताल पुगे अर्जुननरसिंह केसी, कस्तो छ गिरिको अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराईरहेका गिरिलाई भेट्न  दोस्रोपटक अस्पताल पुगेको केसीले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

‘समकालीन राजनीतिक क्षितिजका प्रभावकारी विश्लेषक, समाजवादी चिन्तक, विद्वान् र सादगी जीवनका धनी प्रिय प्रदीप गिरिलाई भेट्न आज दोस्रोपटक अस्पताल पुगेँ’, ‘चिकित्साकर्मीहरूका अनुसार उहाँको स्थिति गम्भीर रहेको छ। ईश्वरसँग प्रार्थना गर्दै उहाँको पूर्ण स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु’ नेता केसीले  ट्विट गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved