नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

नेपालभ्युज

नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । आगामी मंसिर ४ गतेको निर्वाचनका पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, परशुराम रम्तेल, जगत सिंखडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved