स्थायी कमिटी बैठक

माओवादीले टुङ्गो लगायो पदाधिकारी, सातजना उपमहासचिव र ९ जना सचिव

नेपालभ्युज

माओवादीले टुङ्गो लगायो पदाधिकारी, सातजना उपमहासचिव र ९ जना सचिव
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । उक्त पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

शनिबार बसेको बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव अनुसार महासचिवमा देव गुरुङलाई चयन गरेको छ । पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा यसअघि नै चयन भएका थिए ।

त्यस्तै उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव गरी सातजना चयन भएका छन् । सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की तथा कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको छ ।

बैठकले १२५ जनाको पोलिटब्युरो बनाएको छ । छिट्टै विशेष महाधिवेशन गर्ने निर्णय पनि भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकले चुनाव केन्द्रीत प्रदेशस्तरीय कार्यक्रम गर्नेदेखि घोषणापत्र मस्यौदा समिति पनि बनाएको छ । १७ सदस्यीय मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved