चितवन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठवन्धनले जिते देश थप २०/२५ बर्ष पछि धकेलिने टिप्पणी गरेका छन् ।
चितवनको भरतपुरमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश हुनुपर्ने अवस्था आउने बताए । उनले एमाले विरुद्ध अरु पार्टीहरु अस्तित्व रक्षाका लागि गठबन्धन गरेर आउन लागेको बताए ।
आफूलाई वामपन्थी भन्ने पार्टीहरू कांग्रेसलाई ठूलो पार्टी बनाएर अस्तित्व रक्षामा लाग्नु दुःखद भएको बताए । अहिले अराजनीतिक, असैद्धान्तिक खालको गठबन्धन बनिरहेको भन्दै सचिव रायमाझीले जसरी भए पनि गठबन्धन बचाउने, लुटेर खाने प्रवृत्ति देखिएको आरोप लगाए ।
Facebook Comment
Comment