काठमाडौंमा थुप्रिएको फोहर उठ्न कम्तीमा १० दिन लाग्ने

काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर उठाउन कम्तीमा १० दिनजती लाग्ने भएको छ। फोहोर फाल्ने क्षेत्र सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि दुई महिनादेखि व्यवस्थापन हुन नसकेको फोहोर उठ्न कम्तीमा एकसाता बढी लाग्ने भएको हो।

नेपालभ्युज

काठमाडौंमा थुप्रिएको फोहर उठ्न कम्तीमा १० दिन लाग्ने

काठमाडौं। काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर उठाउन कम्तीमा १० दिनजती लाग्ने भएको छ। फोहोर फाल्ने क्षेत्र सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि दुई महिनादेखि व्यवस्थापन हुन नसकेको फोहोर उठ्न कम्तीमा एकसाता बढी लाग्ने भएको हो।

अहिलेको काठमाडौंको विभिन्न चोक, गल्लीमा फोहर थुपारेर राखिएको छ। सोही फोहोर उठाउनको काम क्रमशः शुरु भएको र कुनै अवरोध नभए आउँदो १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए।
काठमाडौं उपत्यकाको १८ पालिकामा आठ हजार टिपर फोहर व्यवस्थापन गर्नुपर्ने छ। फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि बिहीबारदेखि साविक बमोजिम फोहर व्यवस्थापन हुन थालेको हो।

पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन। तर, कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ वटा मात्र टिपर छन्। ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए।

अहिले उपत्यकाको विभिन्न ठाउँमा अस्तव्यस्त रूपमा रहेको फोहरको विसर्जन हुने बित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहर पूर्णरूपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved