जसपा बैठक : कांग्रेसभन्दा लोसपासँग मिल्दा बढी फाइदा हुने तर्क

नेपालभ्युज

जसपा बैठक : कांग्रेसभन्दा लोसपासँग मिल्दा बढी फाइदा हुने तर्क

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ । अध्यक्ष यादवले विभिन्न विभागको गठन, प्रदेश तथा राष्ट्रिय समितिको इन्चार्ज, सह-इन्चार्ज, आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्डलगायत प्रस्ताव गरेका छन् ।

सो प्रस्तावमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा पाँच दलीय गठबन्धन वा जसपा–लोसपा गठबन्धन गरेर जाने भन्ने बारेमा पनि नेताहरूले धारणा राखिरहेका छन् । विशेषगरी, तराई मधेसमा पाँच दलीय गठबन्धनसँग भन्दा लोसपासँग गठबन्धन गर्दा जसपालाई बढी फाइदा हुने तर्क पनि बैठकमा उठेको छ । कतिपय नेताले लोसपा–जसपाबीच गठबन्धन हुनुपर्नेमा जोड दिँदै शीर्ष नेतृत्वलाई दबाब दिइरहेका छन् ।

विगतको चुनावमा लोसपा–जसपा (संघीय समाजवादी फोरम र राजपा) गठबन्धन भएकै कारण दुवै दल प्रदेशदेखि संघसम्म शक्तिशाली बनेको भन्दै उनीहरूले पाँच दलीय गठबन्धनबाट त्यो सम्भावना नदेखिएको जिकिर गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved