मुम्बई । भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै आउँदै छ । जसका लागि शोको होस्ट सलमान खानले अघिल्लो १५औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदै छन् । यद्यपि, निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् ।
समाचार अनुसार यो सिजनका लागि सलमानले एक हजार करोड रुपैयाँ पारिश्रमिक लिँदै छन् । सलमानले लिने यो पारिश्रमिक यो वर्ष सर्वाधिक कमाइ गरेको फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेट भन्दा पनि १० गुना बढी हो ।
यस स्टारर फिल्म ‘केजीएफः च्याप्टर २’ करिब एक सय करोडको बजेटमा निर्माण भएको हो । यसले बक्स अफिसमा करिब एक हजार करोड रुपैयाँको कमाइ गरेको थियो । यही हिसाबले सलमान वर्षको ब्लकबस्टर फिल्मको बजेटभन्दा १० गुणा बढी पारिश्रमिक लिन लागेका हुन् ।
‘बिग बोस १६’ अक्टोबरको सुरुवातसम्ममा अनएयर हुनेछ । केही दिनअघि मात्र यस सिजनको सेटको फोटो सामाजिक सञ्जालमा लिक भएको थियो ।
Facebook Comment
Comment