काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा विचलन देखापरेको भन्दै यसलाई सुधार्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारीता नरहेको बताए ।
पार्टी पहिलाको जस्तो नरहेको उल्लेख गर्दै व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन देखिएको प्रचण्डको भनाइ छ । सामूहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको पनि उनले गुनासो गरे ।
पार्टीका नेताहरूको मुखमा क्रान्तिकारीता रहे पनि व्यवहार, आचरण, दैनिकीमा नरहेकाले वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको प्रचण्डले बताए । ‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ,’ उनले भने, ‘हामी विचार, कुरा, र मुखमा त अहिले पनि क्रान्तिकारी नै छौँ तर हाम्रो व्यवहार, आचरण, त्योसँग मिल्दैन ।
अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी भने गरेका थिए ।
Facebook Comment
Comment