पछिल्लो २४ घण्टामा थपिए ८४८ जना कोरोना संक्रमित, एकको मृत्यु

नेपालभ्युज

पछिल्लो २४ घण्टामा थपिए ८४८ जना कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं ।  २४ घण्टामा ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार ६१९ वटा नमुना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ, योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।

आज ५२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved