बाबुरामसँग मिलेपछि प्रचण्डको प्रतिक्रिया: ठेस लागेपछि बुद्धि बढ्यो अनि हामी एक भयौं

अब कसैले चाहेर पनि रोक्न नसक्ने दाबी

प्रचण्डले भने, ‘धेरै ठक्कर खाइयो, तितामिठा अनुभव पनि भए, ठेस लागेपछि बुद्धि बढ्छ भन्थे हो रहेछ ।’

नेपालभ्युज

बाबुरामसँग मिलेपछि प्रचण्डको प्रतिक्रिया: ठेस लागेपछि बुद्धि बढ्यो अनि हामी एक भयौं

काठमाडौं । नेपाल समाजवादी पार्टीसँग मिलेर चुनावमा जाने सहमति लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफूहरुलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा संचारकर्मीसँग बोल्दै प्रचण्डले यो एकताको निकै ठुलो अर्थ रहेको बताए । उनले भने, ‘ बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठुलो अर्थ छ । हामी उभियौं अब कसैले रोकेर रोकिदैन ।’

नेपालको राजनीतिमा र मुलुकलाई आर्थिक समृद्धितिर लैजान यो एकताको निकै ठुलो महत्व रहेको पनि प्रचण्डले दाबी गरे । उनले भविष्यसम्मै मिलेर जाने तयारीसहित अहिलेको एकता भएको पनि प्रष्ट्याए । चुनावपछि एकताका क्रममा नाम परिवर्तन हुनसक्ने उनले बताए । ‘चुनावपछि नाममा परिवर्तन हुन सक्छ । त्यसपछि के हुन्छ सल्लाह गर्छौं । नेकपामा सहमति भैसकेको छ । पुच्छर के हुन्छ अझै तय भएको छैन ।’

अब समृद्धिको यात्रा पनि नयाँ ढंगले बढ्ने प्रचण्डको दाबी छ । आफूहरुले धेरै ठक्कर खाएर र तितामिठा अनुभव संगालेर अहिलेको अवस्थामा पुगेको भन्दै प्रचण्डले भने, ‘धेरै ठक्कर खाइयो, तितामिठा अनुभव पनि भए, ठेस लागेपछि बुद्धि बढ्छ भन्थे हो रहेछ ।’ उनले अब आफूहरुको बुद्धि फर्केको पनि दाबी गरे । प्रचण्डले माधव नेपालको एकीकृत समाजवादीसँग पनि एकताको प्रयास भइरहेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved