कर छली ल्याउँदै गरेको १५ लाखको विभिन्न सामानसहित दुई पक्राउ

नेपालभ्युज

ओखलढुंगा। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका–२ बस्ने २७ वर्षीय अनुप दाहाल  रहेका छन् ।

१५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरू राजस्व छली गरी ल्याउँदै गर्दा उनीहरूलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ती कपडा भेटिएका थिए ।

बिल नभएको अवैध रूपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरू फेला पारी सुमो चालक दाहाल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved